दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको ज्यान गयो

दमक । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।


गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमकका प्रहरीका निरीक्षक रामभक्त आचार्यले बताए । हिजो दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक-३ का वडा अध्यक्ष नवीन बरालले बताए । 


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय