गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा जल्यो मोटरसाइकल

गुल्मी । गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । मानवीय क्षति भने हुन नपाएको उनले बताए । मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।


मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्पलगायत वरपरको क्षेत्र क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
541
सम्बन्धित

लोकप्रिय

लोकप्रिय