५० काटुन् सिक्किमे रमसहित २ झापाली पक्राउ

झापा । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारीसाधनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सोमबार बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० काटुन् सिक्किमे मदिरा बरामद गरेको हो ।

बरामद भएको अवैध मदिरा ओसारपसारमा संलग्न झापा बुद्धशान्ति गाउँपालिका–३ का महेन्द्र बर्देवा, सवारीसाधन र चालक बुद्धशान्ति–३ का सनम राईलाई आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय