दमकमा जग्गा सम्बन्धी विवाद हँदा एकजनाको मृत्यु

झापा । झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।


गंभीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए । दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
314
सम्बन्धित

लोकप्रिय

लोकप्रिय