बिर्तामोडमा बिक्रीका लागि ल्याइएको टमाटरमा अत्यधिक विषादी, उपभोग गर्न अयोग्य

बिर्तामोड । बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको गोलभेँडा(टमाटर)मा अत्यधिक विषादी भएको पुष्टि भएको छ । इलामबाट आयात गरिएको गोलभेँडामा विषादीको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।


कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेँडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि देखिएमा डिस्पोज गर्ने गरिन्छ ।

३ क्यारेट टमाटरमा विषादीको मात्रा अत्यधिक देखिएपछि डिस्पोजको तयारी गरिएको बताइएको छ । यसअघि दानावारिबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादीको मात्रा फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
611
सम्बन्धित

लोकप्रिय

लोकप्रिय