सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती

एजेन्सी। सय वर्षअघि सगरमाथा क्षेत्रमा हराएका एक बेलायती पर्वतारोहीको बुट गत महिना भेटियो । यो बुटबारे संसारभरका मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् । नेसनल जिओग्राफिकका निम्ति वृत्तचित्र बनाउन गएको पर्वतारोहीको एउटा समूह हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको उक्त बुट फेला पारेको थियो । उक्त बुट सुरक्षित अवस्थामा थियो ।


सो बुट सन् १९२४ मा आफ्ना साथी जर्ज म्यालोरीसँग सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका एन्ड्रयू कोमिन ‘स्यान्डी’ अभिनको हो भन्ने विश्वास गरिएको छ ।

यो बुटलाई लिएर किन चर्चा भइरहेको छ भने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि म्यालोरी र अभिनको जोडी सगरमाथा आरोहण गर्न गएको थियो । तर सफल भएको थियो वा थिएन भन्ने पुष्टि भइसकेको छैन । यदि आरोहण सफल भएको थियो भने पहिलो सगरमाथा आरोहीबारेको इतिहास बदलिन सक्छ ।


फिल्म बनाउने तयारी

स्क्रिनडेलीका अनुसार अस्कर अवार्ड विजेता महिला फिल्ममेकर एलिजाबेथ चाइ वासारहेली र उनका पति जिम्मी चीनले जर्ज म्यालोरी र स्यान्डी इर्विनको उक्त आरोहणबारे फिल्म बनाउने भएका छन् । यो जोडी हिट फिल्म ‘फ्री सोलो’का लागि पनि परिचित छ ।

गत महिना सगरमाथामुनिको हिमनदीमा इर्विनको बुट र काटिएको खुट्टा फेला परेपछि यी दुई फिल्ममेकर फिल्म निर्माणका लागि उत्प्रेरित भएको जनाइएको छ । इरविनको बुटको खोजले म्यालोरी-इर्विन चढाईमा बाँकी रहेका केही प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ ।

स्क्रिनडेलीसँग चाइले भनिन्, ‘उक्त बुट यस्तो महत्वपूर्ण थियो जसलाई अब फिल्मले पछ्याउनेछ ।’ यसमा एउटा दृष्टिकोण पहिलो विश्वयुद्धको पुस्ताले भोगेको आघात र पीडा पनि हुनसक्छ । ‘कस्ता घटना र भावनात्मक अवस्था थिए जसले तपाईंलाई सगरमाथाको फेदीसम्म ल्यायो’ फिल्मको कथावस्तुबारे वासारहेलीले भनिन् । यसका लागि आफूले ‘इन टु द थिन एयर’का लेखक तथा प्रख्यात पर्वतारोही जोन क्राकाउरसँग छलफल गरिरहेको समेत उनले बताइन् ।

‘जोन क्राकाउर एक घनिष्ठ साथी हुन् । जिम्मी कठिन अभियानमा टाढा हुँदा उहाँ मेरो विश्वासी हुनुहुन्छ’ उनले भनिन् ।

वसारहेलीले गत साता लण्डन फिल्म फेस्टिभलमा अर्नेस्ट स्याकलटनको सन् १९१४–१५ अन्टार्कटिकाको अभियान र सन् २०२२ मा उनको जहाज द इन्ड्युरेन्सको भग्नावशेष भेटिएको नेशनल जियोग्राफिक डकुमेन्ट्री ‘एन्ड्युरेन्स’को प्रिमियरमा भाग लिएपछि बोल्दै थिइन् । यो फिल्मलाई वासारहेली, चिन र नताली हेविटले निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुहोस् :

सगरमाथामा चड्दा १०० वर्ष पहिले हराएका एक आरोहीको जुता र खुट्टा फेला

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय