साफ च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध नेपालको ११ गोल

झापा । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा माल्दिभ्स विरुद्ध नेपालले फराकीलो जित निकालेको छ ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ११-० गोल अन्तरले नेपालले खेल जितेको हो ।

नेपालकी रेखा पौडेलले ह्याट्रिक सहित ५ गोल गर्दा प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।


साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जितपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ ।

आजको खेलमा सावीत्रा भण्डारी (साम्बा)भने बेन्चमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
628
सम्बन्धित

लोकप्रिय

लोकप्रिय