महिला साथीसँग भेट नगराउँदा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

जनकपुरधाम । महिला साथीसँग भेट नगराउँदा आफ्नै साथीको हत्या गरेको गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्लाका गोलबजार नगरपालिका-१३ डंगराहा टोल बस्ने २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनकै पाँच जना साथीलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा गोलबजार १३, डंगराहा टोलकै २७ वर्षीय संतोष कुमार महरा, १९ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार असोज २७ गते रातको समयमा मृतक मरा र रोहितसमेत आफ्नो घरबाट सँगै सुखिपुर नगरपालिका १० शिवचौकमा लागेको दुर्गा मेला हेर्न गएकोमा सोही ठाउँमा अन्य साथीहरु भेटेर नशालु पदार्थ सेवन गर्ने मेलादेखि पुर्व खोला नजिक चौरमा पुगेका थिए।


‘चौरमा गई पानीको बोतलको बंकर बनाई सो बंकरबाट गाँजा र नाईट्रेभेट ट्याब्लेट सेवन गरेका थिए’, प्रवक्ता पासवानले भने,‘कृष्णले नाम थर नखुलेकी महिला साथीलाई भेट्न बोलाउन खोज्दा अन्य साथीहरुले समेत भेट्ने भनेपछि कृष्णले नमानेपछि सोही विषयमा विवाद भएको थियो।’ विवाद भएपछि जमसेद, धिरज, धर्मेन्द्र, संतोष, रोहित र अरविन कुमार महराले कृष्णको हत्या गर्ने योजना बनाएका थिए।

उनीहरुले चारैतिरबाट घेराहाली कृष्णलाई समातेर धारिलो कैचीले घाँटी र पेटमा रोपी अमानवीय हिसाबले क्रुर यातदा दिई हत्या गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक पासवाले बताए। उनले कृष्णको हत्या पश्चात् उनीहरु अपराधबाट बँच्न गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्डो खनी सो खाल्डोमा कमरभन्दा माथिको भाग वालुवाले छोपी फरार भएका थिए।

असोज २८ गते सुखिपुर १०, गागन खोला नजिक साँझ करिब ६ बजेर २० मिनेटमा कृष्णको शव फेला परेको थियो। त्यसमा अनुसन्धान गर्दै जाँदा उनको आफ्नै साथीहरुको संलग्नता देखिएको प्रवक्ता पासवानले बताए।

कृष्णको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई शुक्रबार राति साढे १० बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
374
सम्बन्धित

लोकप्रिय

लोकप्रिय