साफ च्याम्पियनसिप : आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपाली टोलीले माल्दिभ्सविरुद्ध खेल्दै छ । सेमिफाइनलमा सम्भावना बढाउनका लागि नेपाली टोलीले आजको खेल जित्नुपर्ने हुन्छ । भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केही दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ ।


तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी छिन् ।

उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । नेपाल र माल्दिभ्सले साँझ ५ः३० बजे खेल्नुअघि अर्को खेलको नतिजा आइसक्ने छ ।


त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अर्को खेल दिउँसो १ः३० बजे भुटान र श्रीलंकाबीच हुनेछ । समूह बीमा श्रीलंकाको ३, नेपाल र भुटानको समान १ तथा माल्दिभ्स अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
425
सम्बन्धित

लोकप्रिय

लोकप्रिय