न्युजिल्याण्डले जित्यो महिला टी–२० विश्वकपको उपाधि

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो।


न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो।

योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
379
सम्बन्धित

लोकप्रिय

लोकप्रिय