मलद्वारमा लुकाएर ल्याएको लागूऔषधसहित पक्राउ परे मैनाली

काँकडभिट्टा । भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका होमकुमार मैनाली ब्राउनसुगरसहित पक्राउ परेका छन् ।


शनिबारराति उनलाई मेची पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय मैनालीलाई पक्राउ गरेको हो ।

मैनालीको साथमा मलद्वारमा लुकाएर ल्याएको १३ ग्राम लागूऔषध फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । 


मैनालीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
449
सम्बन्धित

लोकप्रिय

लोकप्रिय