प्रधानमन्त्री ओलीलाई भेट्न देउवा पुगे बालुवाटार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।


सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ । देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।


तर देउवा भर्खरै आएपछि भेटवार्ता सुरु भएको हो । एमाले सचिवालय बैठक स्रोतका अनुसार देउवासँग सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
369
सम्बन्धित

लोकप्रिय

लोकप्रिय