नेपालले सुपर ओभरमा जित्यो अमेरिका विरुद्धको दोस्रो खेल

काठमाडौं । नेपालले अमेरिका विरुद्धको दोस्रो खेल सुपर ओभरमा जितेको छ । अमेरिकालाई पराजित नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको हो ।


सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए। तर, तेस्रो बलमा सयन बोल्ड हुन पुगे। चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए। 

नेपालले तीन रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। सुपर ओभरमा कुशलले एक रन बनाए। रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएपछि नेपालले लगातार दोस्रो जितसहित सिरिज एक खेलअगावै जितेको हो।


सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
355
सम्बन्धित

लोकप्रिय

लोकप्रिय