मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार

जनकपुरधाम । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।


मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा-१ बाट २ जना, वडा-३ बाट ३ जना, गोलबजार नगरपालिका-६ बाट २ जना र मिर्चैया नगरपालिका-७ बाट १ जना गरि सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट-१ बाट २ जनाको उद्धार भएको हो । मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ ।

उद्धार हुनुभएका ८ जना पुरुष र ३ जना महिलालाई आजै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ । उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
302
सम्बन्धित

लोकप्रिय

लोकप्रिय