कमल दुर्घटना : प्रत्यक्षदर्शी भन्छन्- बसले मोटरसाइकल चालकलाई घिसारेर मार्यो

झापा । झापाको कमल गाउँपालिका–५ रबि पेट्रोल पम्पअगाडि बसले ठक्कर दिएपछि घिसारेर मोटरसाइकल चालकलाई मारेको खुलेको छ । आज दिउँसो १२:३० बजे पूर्वपश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश न।१–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकलका चालक मोरङ केराबारी गाउँपालिका ७ बस्ने ५५ वर्षीय पदम मुकारुम राईलाई ठक्कर दिएपछि घिसारेर मारेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जसबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको छ ।


यसरी घिसारेर मारेपछि स्थानीयबासी आक्रोशित बनेका थिए । उनीहरुले बसको सीसा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । आगजनीबाट बसको अगाडीको भागमा सामान्य क्षति पुगेको छ । उनीहरुले करिव आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

बसले ठक्कर दिएपछि लडेका मोटरसाइकल चालकलाई घिसारेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बस चालक गौरादह –१ बस्ने ३५ वर्षीय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


बसले लापर्वाही र जानीजानी मारेको भन्दै स्थानीयबासी आक्रोशित भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा ५१ जना र ट्राफिक प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोली खटिएर सम्झाई बुझाई चक्काजाम खुलाएको थियो ।

रातो रंगका बसहरुले तीब्र गतिमा जथाभावी चलाउने गरेको गुनासो पटकपटक आएपनि उनीहरुलाई ट्राफिक प्रहरीले कार्वाही गर्न सकिरहेको छैन । समाचार स्रोत : प्रतिदिन  

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
510
सम्बन्धित

लोकप्रिय

लोकप्रिय