आम्दा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई उद्घोषण तालिम

दमक । आम्दा अस्पताल दमकले आज ब्यक्तित्व र नेतृत्व बिकास सम्वन्धि उद्घोषण कला तालिम सम्पन्न गरेको छ । स्वास्थ्य विधाको प्राविधिक क्षेत्रमा काम गर्ने डाक्टर ,चिकित्सक र स्वास्थ्यकर्मीलाई ब्यवहारिक र सामाजिक क्षेत्रमा काम गर्न सजिलो होस भनेर आम्दाले ५ दिने उद्घोषणकला तालिम दिएको हो ।


आम्दा अस्पताल दमकका डाक्टर ,चिकित्सक र स्वास्थ्यकर्मी ३० जना प्रशिक्षार्थीलाई सहभागी गराएर तालिम दिइएको अस्पतालको नर्सिङ विभाग प्रमुख पुनम गौरोले जानकारी दिनु भयो ।

तालिममा ब्यक्तित्व विकास, नेतृत्व विकास, समुहमा बोल्ने कला,नेतृत्वका बिकास, असल नेतृत्वमा हुनु पर्ने गुण, विषय विज्ञता लगायतका विषयमा नेपाल टेलिभिजन झापाका प्रतिनिधि, पत्रकार तथा प्रशिक्षक डिकेस लामाले प्रशिक्षण दिनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय