बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि झापाको कमलमा तनाव

झापा । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन् । आगजनीपछि अहिले राजमार्गमा ठुलो भीड लागेको छ । भीडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ । आधा घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।


राजमार्ग अवरुद्ध भए पनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
656
सम्बन्धित

लोकप्रिय

लोकप्रिय