बेलबारी गोल्डकपमा झापा ११को जिवयी सुरुवात

मोरङ । अन्तर्राष्ट्रिय आमन्त्रण सातौ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले सानदार जित दर्ता गरेको छ ।


भारतको पाहुना टोली कञ्चनजंघा एफसी सिलिगुढीलाई ५-१ गोलअन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका लागि उत्सव राईको नाममा २ गोल रह्यो भने निरज कार्की, अभिषेक गुरूङ र निकेश श्रेष्ठले १-१ गोल गरे ।

पाहुना टोलीका लागि प्रनिश प्रधानले सान्त्वना गोल गरेका थिए । प्रतियोगिताको प्लेयर अफ दी म्याच झापा ११ का उत्सव राई भए । उनले नगद ५ हजार पाएका छन् ।


भोलि एलएक्ससिटी एफसी मोरंग र चितलाङ्ग एफसी काठमाण्डौबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
488
सम्बन्धित

लोकप्रिय

लोकप्रिय