पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै रविले भने–यही हातले भ्रष्टाचारीलाई जेल लान्छ

काठमाडौं । सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नै हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने दाबी गरेका छन्।


शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले यस्तो बताएका हुन्।

‘यो हातले आज यसमा हस्ताक्षर गरेको छ। यही हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्छ,’ लामिछानेले भने, ‘म बाँचे भनेँ, यिनीहरूले जिउँदो मलाई छाडे भनेँ यो हातले सब भ्रष्टाचारी जतिलाई जेल लानका लागि हस्ताक्षर गर्छ।’


रविलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो। उनलाई अहिले स्थलमार्ग हुँदै पोखरा लगिएको छ। नेपालखबरबाट

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
353
सम्बन्धित

लोकप्रिय

लोकप्रिय