बिर्तामोडको कपास फ्याट्रीमा आगलागी, ४० लाखको क्षति

बिर्तामोड । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड– १ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।


आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड, मेचीनगर , भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९।४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।


आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
622
सम्बन्धित

लोकप्रिय

लोकप्रिय