अर्जुनधारामा फलामको गेटले किच्दा बालकको मृत्यु

झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो ।


आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो ।

उनलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


घटनाका सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
सम्बन्धित

लोकप्रिय

लोकप्रिय