आजदेखि साफ वुमन्स च्याम्पियनसिप

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ आज (बिहीबार) देखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् ।


प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । साफ वुमन्स च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो र यो सातौं संस्करण हो ।

भारत साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । उसले ५ पटक उपाधि जितेको छ । साविक विजेता बंगलादेश हो । भारतबाहेक साफ वुमन्स च्याम्पियनसिप जित्ने अर्को टोली बंगलादेश हो । नेपाल भने ६ मध्ये पाँच संस्करणको फाइनल पुगेर पनि सधैँ उपविजेतामै सिमित छ ।


तीन टिमबाहेक बाँकी टिमका लागि नकआउट चरण पुग्नु नै ठूलो उपलब्धी हुने गर्दछ । च्याम्पियनसिप सुरु हुनुअघि बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सातवटै टोलीका कप्तान र प्रशिक्षकले आफ्नो टोलीको तयारी, लक्ष्य र उत्साहबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
873
सम्बन्धित

लोकप्रिय

लोकप्रिय