सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको १ लाख ६१ हजार नाघ्यो

झापा । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो ।

यसअघि यही असोज १८ गते सुनको भाउ तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।


त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
963
सम्बन्धित

लोकप्रिय

लोकप्रिय