चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन

बिर्तामोड । झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण थलिएका थिए । आर्थिक अभाव भएपछि कलाकार मेचेले घरबाटै स्वास्थ्य उपचार गर्दै आएका थिए ।


मेचेले नेपाली, मेचे र राजवंशी भाषाका चलचित्र ‘जेन्नै तेन्नै, बगानेर फूल, सितार सिन्दुर’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।उनले भारतमा पनि दर्जनौँ चलचित्रमा कलाकार भएर भूमिका निर्वाह गरेका थिए ।

उनी थुप्रै फिल्महरुमा द्वन्द्व निर्देशक, निर्माता र नेपाली सर्ट सिरियल तथा कमेडी भिडियो क्लिपमा कलाकारको भूमिकामा देखिएका थिए ।


मेचीनगर–११, धाइजन निवासी मेचे नेपाल चलचित्रकर्मी महासंघ कोशी र नेपाल चलचित्र द्वन्द्व कलाकार संघ कोशी प्रदेश सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
3
सम्बन्धित

लोकप्रिय

लोकप्रिय