भद्रपुरमा मोटरसाइल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बिर्तामोड । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।


हिजो राति अन्दाजी ९:५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर १० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले १०:४३ बजे मृत घोषणा गरेका थिए ।


त्यस्तै, सोही स्थानका २४ वर्षीय बिपान्सु राउतको ओमसाई पाथिभरा अस्पतालमा उपचारपछि हाल बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा अर्का घाइते २५ वर्षीय सञ्जीव गिरीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पछाडि बसेका उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

प्रहरीका अनुसार चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

भण्डारीले प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाईकल चलाएका थिए भने उनको पछाडि राउतको बसेका थिए । त्यस्तै, गिरीले मे. ८ प २८३५ नम्बरको मोटरसाइकल चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
1
सम्बन्धित

लोकप्रिय

लोकप्रिय