वीपी राजमार्ग शुक्रबारबाट खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले शुक्रबार बिहान १० बजेसम्ममा वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यो जानकारी प्रधानमन्त्री ओली आफैंले फेसबुकमार्फत् दिएका हुन् ।


यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियोे । त्यतिबेलैदेखि सवारी आवागमन ठप्प भएको छ । राजमार्ग मर्मत र डाइभर्सन गर्ने काम जारी छ । यो काममा पूर्वाधार मन्त्रालयका सचिव शर्मा सहित प्राविधिकहरु फिल्डमा खटिएका छन् ।

प्रधानमन्त्री ओलीसँग आज बिहान भएको कुराकानीमा सचिव शर्माले शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका हुन् । आज दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारी सचिव शर्माले गराएको ओलीले उल्लेख गरेका छन् ।


प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । ‘

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
908
सम्बन्धित

लोकप्रिय

लोकप्रिय