बिर्तामोड वडा नम्बर ४ ले जित्यो अन्तरवडा फुटबलको उपाधि

बिर्तामोड । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर ४ च्याम्पियन बनेको हो ।

जितसँगै वडा नम्बर ४ ले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेतामा सीमित वडा नम्बर ५ ले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।


फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का नगेन्द्रमणि लिम्बू भए । उनले नगद २ हजार र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका वडा नम्बर ४ का हिसुब थपलियाले नगद १० हजार र ट्रफी पाए ।

उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का गोपाल राई तथा गोलकिप्पर वडा नम्बर ४ का रोशन शाह भए । उत्कृष्ट डिफेन्डर वडा नम्बर ४ का प्रविन सिटौला, मिडफिल्डर वडा नम्बर ५ का अंकुर तामाङ, फरवार्ड वडा नम्बर ९ का दिशान्त राई भए । उनीहरुले नगद पाँच हजार र ट्रफी पाए ।

यसैबीच, आजै सम्पन्न भेट्रान प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । वडा नम्बर ५ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० च्याम्पियन बनेको हो । उपाधिसँगै वडा नम्बर १० ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको वडा नम्बर ५ ले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई विशिष्ट अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्षहरु, समिति अध्यक्ष विकास गिरी, प्रतियोगिता संयोजक सन्तोष गुरुङ, मिसन बिर्तामोडका संयोजक माधवकुमार झा लगायतले पुरस्कार वितरण गरेका थिए ।

समिति अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा भएको थियो । कार्यक्रमको सञ्चालन समिति सचिव बिसन लिम्बूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
408
सम्बन्धित

लोकप्रिय

लोकप्रिय