सुनसरीको दुईवटा उद्योगमा आगलागी

सुनसरी । सुनसरीको दुईवटा उद्योगमा आगलागी भएको छ । हिजो साँझ करिब ७ः५० बजे सुनसरी दुहवी नगरपालिका– ३ शिसवनी टोलमा रहेको हनुमन्त पोलिमायर कम्पनीमा आगलागी भएको हो ।


स्थानीयले जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दुहबीबाट १० जना, सीआरभी सोनापुरबाट ५ जना, सशस्त्र प्रहरी बेस क्याम्प दुहबीबाट ५ जना प्रहरी तथा दुहबी, इटहरी, विराटनगर , रामधुनी , धरानलगायतका गरी १२ वटा दमकल र एउटा डोजरको सहयोगले आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षति यकिन भइसकेको छैन ।

त्यस्तै हिजो दिउँसो ४ बजे इटहरी उपमहानगरपालिका– १२ विराटनगर लाइनमा रहेको राजेश गुप्ताको सिरक डस्ना उद्योगमा विद्युत् सर्ट भई अचानक आगलागी भएको छ ।


आगलागीबाट सिरक डस्ना बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । इटहरीको दुईवटा, दुहबीको एउटा ,सुन्दरहरैचाको दुईवटा, रामधुनीको एउटा दमकल र काम गर्ने कामदारहरूको संयुक्त प्रयासमा साँझ ५:३० बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षति विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
366
सम्बन्धित

लोकप्रिय

लोकप्रिय