आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

झापा । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका पहाडी एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य बाँकी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज देशका अरू ठाउँको मौसम सफा रहने अनुमान छ । दशैँका मुख्य तीन दिन आज, भोलि र पर्सि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने पूर्वानुमान छ ।


त्यस्तै अबका तीन दिन अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
323
सम्बन्धित

लोकप्रिय

लोकप्रिय