भारतीय उद्योगपति रतन टाटाको निधन

प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।


मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति निधन भएको टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

टाटाको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरूसहित भारतका दिग्गज व्यक्तित्वहरूले दुख व्यक्त गरेका छन् ।


भारतीय उद्योग जगत्‌लाई विश्व मञ्चमा स्थापित गराएका टाटालाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
451
सम्बन्धित

लोकप्रिय

लोकप्रिय