सर्पले डसेर तीन दिनमा ३ महिलाको मृत्यु

झापा । समयमै उपचार गराउन नल्याउँदा सर्पले डसेका तीनजना महिलाको मृत्यु भएको छ । असोज १७, १८ र २० गते चारआली सर्पदंशमा ढिलो गरी ल्याइएका तीन महिलाको मृत्यु भएको हो । विषालु सर्पले डसेर इलाम नगरपालिका वडा नम्बर २ सुम्बेककी ४२ वर्षिया सीता राई (दुर्गा)को मृत्यु भएको हो ।


असोज २० गते आइतबार राति शौचालय जाने क्रममा उनलाई सर्पले डसेको थियो । उनलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

केन्द्रले उपचार गर्न नसक्ने भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष गिरीराज रिजालले बताए । ब्लाक हिमालयन करेत नामक विषालु सर्पले डस्दा मृत्यु भएको अस्पतालले बताएको वडाध्यक्ष गिरीले जानकारी दिए । मेची राजमार्गको माई खोलामा सडक अवरुद्ध भएकाले नयाँ बजार हुँदै घुमाउरो बाटो भएर उपचारमा ल्याउँदा बढी समय लागेर बचाउन नसकिएको उनले बताए ।


त्यस्तै असोज १७ गते बिहान अन्दाजी ५ः३० बजे झापा हल्दिबारी गाउँपालिका ४ लक्ष्मीचोक बस्ने रामबहादुर राईकी श्रीमती ४३ वर्षीया माया राईलाई पनि बेलैमा उपचार गराउन नसक्दा उनको ज्यान गएको छ । घरमै सुतिरहेको अवस्थामा करेत नामक विषालु सर्पले टोकी घाइते भई उपचारको लागि चारआली सर्पदंश उपचार केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगेर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै असोज १८ गते साँझ ६ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाई गोठमा गाई बाँध्ने क्रममा दाहिने पट्टीको खुट्टामा विषालु सर्पले डसेको थियो । उनलाई उपचारको लागि चारआली सर्पदंश केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पतालमा राति ८.५ बजे मृत्यु भएको थियो ।

ती तीनै जना बिरामीहरूलाई बेलैमा उपचार गराउन नल्याउँदा बचाउन नसकिएको चारआली सर्पदंश उपचार केन्द्रमा कार्यरत नेपाली सेनाका हवल्दार दलबहादुर सिंजालीले बताए। आफूहरूको उपचार केन्द्रमा भेन्टिलेटर नभएका कारण गम्भीर अवस्थाका बिरामीहरूलाई उपचार गर्न समस्या भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
766
सम्बन्धित

लोकप्रिय

लोकप्रिय