झापा एफसीले जित्यो दोस्रो प्रदेशस्तरीय डासाब फुटबल प्रतियोगिताको उपाधि

झापा । डासाब युवा क्लब अर्जुनधारा झापाले आयोजना गरेको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि झापा एफसी राजगढले जितेको छ ।


आज भएको प्रतियोगिताको फाइनल खेलमा इलाम तिनघरेको न्यू भिजन युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापा एफसीले उपाधि जितेको हो ।

अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा झापाले गोल गर्दै अग्रता लियो । झापाका लागि दिपेश श्रेष्ठले गोल गरेका हुन् भने इलामले केही मिनेटमै गोल गरेर खेलमा फर्किएको थियो ।


उपविजेता इलाम तिनघरेको न्यू भिजन युथ क्लब

झापाका गोलरक्षक आयुश योङहाङको सानो गल्तीको फाइदा उठाउँदै इलामका रमेश क्षेत्रीले बराबरी गोल गरे । खेल सकिन करिब ५ मिनेट बाँकी रहँदा झापाका सञ्जय धिमालले गोल गरेर टोलीको जित सुनिश्चित गरेका हुन् ।

खेलको बेस्ट प्लेयर भने इलामका रमेश क्षेत्री घोषित भए । अन्य विधागत पुरस्कारतर्फ झापाको बर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयुश योङहाङ, श्याम मुर्मू बेस्ट मिडफिल्डर, रोशन धिमाल बेस्ट डिफेन्स, दिपेश श्रेष्ठ प्लेयर अफ दी म्याच बने ।

यसैगरी, आयोजकका हरि मगर सर्वाधिक गोलकर्ता बन्दा आयोजककै मिराज मल्ल उदीयमान खेलाडी घोषित भए । उनीहरुले जनही एक हजार पाँच सय रुपैयाँ पाए ।

विजेता झापा एफसीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र आकर्षक ट्रफी पायो । फाइनल खेलअघि अर्जुनधारा नगर र बुद्धशान्ति गाउँपालिकाका भेट्रान्स खेलाडीबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा दुवै टोलीले २-२ गोलको बराबरी गोल गरेका थिए ।

प्रतियोगिता संयोजक बेनुकुमार राईको अध्यक्षतामा भएको फाइनल खेलको विजेता तथा उपविजेताहरुलाई प्रदेश १ का पूर्वमुख्यमन्त्री उद्दव थापा, हचुमासा सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद प्रसाई, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, ३ का अध्यक्ष सिताराम भट्टराईलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताका प्रथम पुरस्कार अर्जुनधारा १ को हचुमासा सामुदायिक वनले गरेको थियो भने प्रतियोगिता सम्पन्न गराउनु विभिन्न संघसंस्थासहित देशविदेशमा रहेका नेपालीहरुको सहयोग रहेको आयोजकले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय