अर्जुनधाराका तुम्वापो ब्राउनसुगरसहित पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा –४ बस्ने २० वर्षीय पुष्प तुम्वापो पक्राउ परेका छन् ।


हिजो साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदैं गरेका तुम्वापोलाई पक्राउ गरेको हो ।

लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर उनको साथबाट फेला परेको छ ।


उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
313
सम्बन्धित

लोकप्रिय

लोकप्रिय