श्रीमतीको टाउको छिनाएर प्रहरीसमक्ष आत्मसमर्पण

झापा । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको टाउको छिनाइदिएका छन् ।


आज साँझ ७ बजे त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडा लिएर बसेका ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नै श्रीमती अन्दाजी २९ वर्षकी प्रमिला तामाङको घाँटी छिनाइदिएका हुन् ।

उनले घाँटी काटेर सोही वडाको सगरमाथा दिक्तेल सडकखण्डअन्तर्गत उदयसि इङ्लिस बोर्डिङ अगाडी टाउको फालेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन् ।


तामाङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
295
सम्बन्धित

लोकप्रिय

लोकप्रिय