सैनिक एफसी बिर्तामोडलाई हराउँदै इलामको न्यु भिजन फाइनलमा प्रवेश

अर्जुनधारा । इलामको न्यु भिजन युथ क्लब झापाको अर्जुनधारामा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


डासाब युवा समुहको आयोजनामा अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सैनिक फुटबल क्लब बर्तामोडलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै न्यु भिजनले फाइनल भिड्न्त पक्का गरेको हो ।

निर्धारीत ६० मिनेटको खेलमा एक–एक गोलको बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा सैनिकका खेलाडीको एउटा प्रहार गोल पोष्टमा ठोकिएर फर्कीएपछि सैनिकले नतिजा गुमाउन पुग्यो । न्यु भिजनका सबै खेलाडीको प्रहार सफल भएको थियो ।


सैनिक फुटबल क्लब बर्तामोड

त्यसअघि भएको खेलको २२ औं मिनेटमा सैनिकका सुजन लिम्बूले खेलमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सैनिकको अग्रता धेरैबेर टिक्न भने पाएन । पहिलो हाफको अतिरिक्त समयमा डि–एरीया भित्र सैनिकका बसन्त बल तामाङको हेण्डबल भएपछि न्यु भिजनले पेनाल्टीको अवसर पाएको थियो ।

पेनाल्टीमा न्यु भिजन युथ क्लबका पाल्देन तामाङको प्रहारले जाली चुमेपछि पहिलो हाफमा नै खेल बराबरीमा फर्कीएको थियो ।

खेलको दोस्रो हाफमा भने दुवै टोलिको तर्फबाट गोल हुन् सकेन् । आजको खेलमा दोस्रो हाफको १९औं मिनेटमा सैनिकका कप्तान आर के लिम्बूले पहेँलो कार्ड पाए । त्यस्तै न्यु भिजनका गोल रक्षक तथा कप्तान साजन लिम्बू दोस्रो हाफको २१ औं मिनेटमा पहेँलो कार्ड पाए ।

नतिजाका निकाल्ले दौडमा रहेका खेलाडीले खेर रफ्तार बढाउदाँ दोस्रो हाफको अन्त्यतिर न्यु भिजनका रमेश छेत्री र सैनिकका बसन्त बल तामाङ सामान्य घाइते भएका थिए ।

म्यान आफ दि म्याच न्यु भिजनका बिप्लव तामाङ

आजको खेलको म्यान आफ दि म्याच न्यु भिजनका बिप्लव तामाङ भए । उनले नगद १ हजार ५ सय प्राप्त गरे । उनलाई पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाई, अर्जुनधारा-१ का वडा अध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा-१० का वडाअध्यक्ष भुपेन्द्र न्यौपाने, प्रतियोगिता संयोजक बेनुकुमार राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

उपाधिका लागि न्यु भिजनले २३ गते हुने फाइनल खेलमा झापा एफसी राजगढसंग प्रतिस्पर्धा गर्ने छ । राजगढले शनिश्चरे एफसीलाई पहिलो सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजारसहित आकर्षक ट्रफी पाउने छन् । प्रतियोगितालाई सम्पन्न गराउनु अर्जुनधारा–१ को हचुमासा सामुदायिक वनसहित विभिन्न संघसंस्थाहरुको सहयोग रहेको आयोजक समितिका सचिव तेजन बुर्जा मगरले जानकारी दिनुभयो । दक्षिण कोरियामा रोजगारीमा रहेका अर्जुनधारा १ का बासिन्दा र जापनमा रहेको अर्जुनधारा १ का बासिन्दाहरुको प्रतियोगिता संचालन गर्न बिषेश सहयोग रहेको सचिव मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
638
सम्बन्धित

लोकप्रिय

लोकप्रिय