भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटनाः दुई जनाको मृत्यु, १५ बढी घाइते

झापा । काठमाडौंबाट भोजपुरतर्फ हिँडेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १५ जनाभन्दा बढी घाइते भएका छन्।


मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडी भल्खडामा बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको उक्त गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिए। दुर्घटना स्थलमा प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।


दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार गरेर मरिण गाउँपालिका–६ कपिलाकोट र सिन्धुली अस्पताल तर्फ लगिदै गरिएको छ। केही घाइतेको हरिहरपुरगढी–४ को महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष वाइबाको भनाई रहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
377
सम्बन्धित

लोकप्रिय

लोकप्रिय