सञ्चालनमा आयो हेटौँडा–भीमफेदी–काठमाडौँ सडक

काठमाडौँ । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि सञ्चालनमा आएको छ ।


हेटौंडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।

मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौँ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक सञ्चालनमा आएको निर्देशक पोखरेलले बताए ।


यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुर्‍याएको थियो । फाखेलतर्फको महालक्ष्मी खोला पुल र आसपासको करिब सात सय मिटर सडक बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
229
सम्बन्धित

लोकप्रिय

लोकप्रिय