मोरङमा भएको सवारी दुर्घटनामा दुई जना प्रहरीको मृत्यु

झापा । मोरङमा सवारी दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यु भएको छ ।


आज साँझ ६।४० बजे बेलबारी–८ चिसाङ पुलमा प्र३–०१–०२४ च ०७३४ नम्बरको कारले प्र१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा सिलिचुङ गाउँपालिका २ बस्ने अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्र सागर राई घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । ठक्कर दिने कार र कार चालक मोरङ सुन्दरहरैचा ९ बस्ने ३० वर्षीय मोहमत दुलाल मिया र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ ।


त्यस्तै कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा आइतबार प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिएको थियो।

मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भई तत्कालै बूढीगंगामै रहेको विराट शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले दिउँसो पौने ३ बजेतिर मृत घोषित गरेको डीएसपी जोशीले बताए।

मोटरसाइकल चालक सोही गणमा कार्यरत ३० वर्षीय युशन राई घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका उनको विराटमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय