बाह्रदशीका राजेश ठाकुरको कंकाल भेटियो

झापा । हत्या गरी गाडेको सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले झापा बाह्रदशी–५ फूलवारीका राजेश ठाकुरको कंकाल आज साँझ फेला पारेको छ ।


बाह्रदशी ७ स्थित बिरिङ खोलाको बगरमा ठाकुरको कंकाल भेटिएको हो । चार दिनको प्रयासपछि हत्या गरी गाडिएका ठाकुरको कंकाल आज साँझ बिरिङको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले त्यस कंकालका बारेमा कानुनी प्रक्रिया पुर्याउने कार्य भइरहेको जानकारी दिए । चार दिनदेखि प्रहरीले जेसीवी प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो । प्रहरीले दुई दिनसम्म आरोपित राजवंशी परिवारको घर आँगन खनेको थियो । त्यसपछि बिरिङ खोलाको बगरमा खन्दा पनि ठाकुरको शव भेटिएको थिएन ।

हत्या गरी दुबई गएका गणेश राजवंशीसंगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई आज उत्खनन् गरिएको डीएसपी विष्टले बताए । ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीवार र शुक्रवार घरमा उत्खनन् गरेको थियो । छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले उनीहरुको घर उत्खनन् गरेको थियो । आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको थियो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका थिए ।


घटनामा संलग्न रहेका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएका थिए । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । मुना, उनका जेठाजु समिर राजवंशी र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
412
सम्बन्धित

लोकप्रिय

लोकप्रिय