शनिश्चरे एफसीलाई स्तब्ध पार्दै झापा एफसी राजगढ फाइनलमा प्रवेश

अर्जुनधारा । झापा एफसी राजगढ झापाको अर्जुनधारामा जारी प्रदेश स्तरीय नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


डासाब युवा समुहको आयोजना अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज शनिश्चरे एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै झापा एफसी राजगढ फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको २३ औं मिनेटमा शनिश्चरेको पोष्टमा अनगोल भएपछि झापा एफसीले खेलमा अग्रता लिएको गरेको थियो ।


शनिश्चरे एफसी

निर्धारीत ६० मिनेटको खेलमा ७ मिनेटमात्रै बाँकी रहँदा झापाले पहिलो स्कोर पाएपछि दवाबमा परेको शनिश्चरे खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो । राष्ट्रिय फुटबल खेलाडी उत्सव राइलाई समेत टोलीमा समेटेको शनिश्चरले सेमिफाइनल नमिठो हार बेहोर्न पुग्यो ।

झापाका लागि दोस्रो गोल रोशन धिमालले गरेका थिए । पहिलो हाफमा भने दुवै टिमले स्कोर गर्न सकेन्न । फाइनल प्रवेशका लागि भएको खेलको पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक बनेको थियो ।

आजको खेलको म्यान आफ दि म्याच झापा एफसीका गोल रक्षक आयुष योङ्हाङ भए । उनले नगद १ हजार ५ सय प्राप्त गरे । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, वडा अध्यक्ष उपेन्द्र बस्नेत, नगर खेलकुद विकास समिति अर्जुनधाराका सचिव खगेन्द्र लिङदेन लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्तरगत सोमबार अन्तिम सेमिफाइनल खेल हुनेछ । भोली हुने खेलमा सैनिक फुटबल क्लब झापा र न्यु भिजन युथ क्लब इलामबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक बेनुकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल असोज २३ गते हुने छ । फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजारसहित आकर्षक ट्रफी पाउने छन् ।

प्रतियोगितालाई सम्पन्न गराउनु अर्जुनधारा–१ को हचुमासा सामुदायिक वनसहित विभिन्न संघसंस्थाहरुको सहयोग रहेको आयोजक समितिका सचिव तेजन बुर्जा मगरले जानकारी दिनुभयो । दक्षिण कोरियामा रोजगारीमा रहेका अर्जुनधारा १ का गाउँलेहरुबाट हालसम्म ४३ हजार ५ सय र जापनमा रहेको अर्जुनधारा १ का गाउँलेहरुबाट ४५ हजार ६ सय सहयोग प्राप्त भएको मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
727
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय