करेन्ट लगाएर माछा मार्दा झापामा एकजनाको मृत्यु

झापा। करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।


आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

घाइते गिरीलाई आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराईरहेकोमा उपचारको क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।


मृतकको शव सोही अस्पतालमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
247
सम्बन्धित

लोकप्रिय

लोकप्रिय