अर्जुनधाराको सन्थाल टिमलाई नगर खेलकुदले दियो जर्सीसहितका खेल सामाग्री

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको सन्थाल फुटबल टिमलाई अर्जुनधारा नगर खेलकुद विकास समितिले फुटबल जर्सीसहित खेल सामाग्री प्रदान गरेको छ ।


अन्तरपालिका सन्थाल नकआउट फुटबल प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी भईरहेको टिमलाई आज नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, योजना अधिकृत हेमराज सेढाई, खेलकुद विकार सचिव सचिव खगेन्द्र लिङदेन लगायतले जर्सी हस्तान्तरण गर्नुभएको हो ।


यसअघि टिमलाई २ वटा फुटबलसहित केहि खेल सामाग्री प्रदान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिनुभयो ।

कनकाई नगरपालिका-९ घैलाडुब्बामा भईरहेको प्रतियोगितामा आज क्वाटरफाइनलमा अर्जुनधाराले बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि शुक्रबार भएको प्रि-क्वाटरमा झापा गाउँपालिकालाई टाइब्रेकरमा २-० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको सन्थाल टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २-२ गोलको बाराबरीमा खेल सकिएपछि नतिजाका लागी टाइब्रेकरमा धकेलिएको थियो।

प्रतियोगिताको मार्शाल ११ फुटबल समितिले आयोजाना गरेको हो । फाइनल खेल २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
434
सम्बन्धित

लोकप्रिय

लोकप्रिय