इजरायलले गरेको आक्रमणबाट लेबनानमा हालसम्म १४ सयको मृत्यु

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ। ११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस घाइते भएका र १० लाख मानिसहरु विस्थापित भएको लेबनानी अधिकारीहरुले जनाएका छन्। ​


राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगका अनुसार इजरायलको आक्रमणका कारण हालसम्म २ लाख मानिसहरु सिरियातर्फ भागेका छन्।

सिरियामा युद्धबाट ज्यान जोगाउन लेबनानमा शरणार्थी जीवन बिताइरहेकाहरु पुनः सिरियातर्फ नै भाग्न बाध्य भएका हुन्। इजरायलले बेरुतस्थित हिजबुल्लाहका केन्द्रहरु लक्षित गर्दै हवाई आक्रमण गर्ने क्रम जारी राखेको छ।


लेबनानी सहर त्रिपोलीमा भएको आक्रमणमा हमासका वरिष्ठ नेता र उनको परिवार मारिएको हमासले जनाएको छ। तर इजरायलले यसको औपचारिक पुष्टि गरेको छैन। यता, इजरायली सेनाले स्थल आक्रमण पनि जारी राखेको छ।​ यसैबीच, इजरायलले इरानका आणविक केन्द्रमा आक्रमण नगर्ने विषयमा हालसम्म कुनै प्रतिबद्धता नजनाएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि इरानी आणविक कार्यक्रमलाई निशाना बनाइने कुरामा अमेरिकाको समर्थन नरहने बताए। इरानले गरेको मिसाइल आक्रमणको जवाफमा इजरायलले इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भावना रहेको बताइए पनि हालसम्म अमेरिकाले स्वीकृति दिएको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
184
सम्बन्धित

लोकप्रिय

लोकप्रिय