अरिङ्गालले टोकेर घाइते युवकको मृत्यु

झापा । सोलुखुम्बुमा अरिङ्गालले टोकेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।


असोज ६ गते अरिङ्गालले टोकेर घाइते भएका सोलुखुम्बुको सोताङ–२ माझखर्क बस्ने २८ वर्षीय बिरबहादुर खालिङ राईलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा हिजो बिहान १० बजे उनको बाटैमा मृत्यु भएको हो ।

बिहान गाह्रो भएपछि उपचारको लागि स्वास्थ्य चौकी पाबै लैजाने क्रममा घरदेखि अन्दाजी २०० मि. उत्तर पुर्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घरनजिकैको जंगलमा घोचा काट्न जाँदा उनलाई अरिङ्गालले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
351
सम्बन्धित

लोकप्रिय

लोकप्रिय