लोहन्द्रा खोलामा डुबेर बेपत्ता भएका राजवंशी मृत भेटिए

झापा । दुई दिनअघि मोरङको धनपालथान–७ स्थित लोहन्द्रा खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।


असोज १७ गते दिउँसो ३.४५ बजे लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा कटहरी–५ बस्ने १८ वर्षीय आशिष राजवंशी बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा हिजो बिहान ९ बजे जहदा–४ को सिसौबारीस्थित लोहन्द्रा खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
245
सम्बन्धित

लोकप्रिय

लोकप्रिय