बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ सेमिफाइनलमा

बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमबीच १–१ गोलको बराबरी भएको थियो ।

टाइब्रेकरमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ५–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसअघि खेलको १५ औँ मिनेटमा वडा नम्बर ८ का रिवाज घिमिरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औँ मिनेटमा वडा नम्बर ५ का नरेन लिम्बूले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।


खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का गोलकर्ता लिम्बू भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङले नगद २ हजार र ट्रफी प्रदान गरे ।

पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ । प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् । विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ । यसैबीच, यसअघि भएको भेट्रान फुटबलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ७-० गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय