आयोजकलाई सडन डेथमा हराउँदै न्यु भिजन इलाम सेमिफाइनलमा

अर्जुनधारा । झापाको अर्जुनधारा-१ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबलाई पराजित गर्दै पाहुँना टोली इलामको न्यु भिजन युथ क्लब अन्तिम चारमा समेटिएको छ ।


आज भएको अन्तिम क्वाटरफाइनलमा सडन डेथबाट नतिजा निकाल्दै न्यु भिजन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारीत समयमा खेल एक–एक गोलको बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा थकेलिएको थियो । त्यसअघि बराबर भएको खेलमा डासाबका लागि हरि मगरले दोस्रो हाफको १५ औं मिनेटमा एक गोल गरेका थिए । त्यस लगतै खेलको १७ औं मिनेटमा न्यु भिजनका खेलाडी मौसम राईले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।


आयोजक डासाब युवा क्लब

टाइब्रेकरमा दुवै टोलीका पाँचैजना खेलाडीको प्रहार गोल भएपछि सडन डेथ प्रहार भएको थियो । सडअन डेथमा डासाबका खेलाडी हरी मगरको प्रहारलाई इलामका गोल रक्षक सजन लिम्बूले बचाउ गरेपछि आयोजकको सेमिफाइनल यात्रा टुंगीएको हो ।

खेलको प्लेयर अफ दी म्याच न्यु भिजनका मौसम राई बने । उनले नगद १ हजार ५ सय प्राप्त गरे । डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आईतबारबाट सेमिफाइनलका खेल हुनेछ ।

खेलको प्लेयर अफ दी म्याच न्यु भिजनका मौसम राई

आईतबार हुने पहिलो सेमिफाइनलमा शनिश्चरे एफसीले झापा एफसी राजगढसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक बेनुकुमार राईले जानकारी दिनुभयो । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजारसहित आकर्षक ट्रफी पाउने छ ।

प्रतियोगितालाई सम्पन्न गराउनु अर्जुनधारा-१ को हचुमासा सामुदायिक वनसहित विभिन्न संघसंस्थाहरुको सहयोग रहेको आयोजक समितिका सचिव तेजन बुर्जा मगरले जानकारी दिनुभयो । दक्षिण कोरियामा रहेका अर्जुनधारा १ का गाउँलेहरुबाट हाल सम्म ४३ हजार ५ सय र जापनमा रहेको अर्जुनधारा १ का गाउँलेहरुबाट ४५ हजार ६ सय सहयोग प्राप्त भएको मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
539
सम्बन्धित

लोकप्रिय

लोकप्रिय