अर्जुनधारा अन्तरपालिका सन्थाल नकआउटको क्वाटरफाइनलमा

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिम अन्तरपालिका सन्थाल नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


झापा गाउँपालिकालाई टाइब्रेकरमा २-० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको सन्थाल टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २-२ गोलको बाराबरीमा खेल सकिएपछि नतिजाका लागी टाइब्रेकरमा धकेलिएको थियो। 


अब अर्जुनधाराले फाइनल प्रवेशका लागि भोलि आइतबार बिर्तामोडको सन्थाल टिमसङ क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको मार्शाल ११ फुटबल समितिले आयोजाना गरेको हो । कनकाई नगरपालिका-९ घैलाडुब्बामा भईरहेको प्रतियोगिताको फाइनल खेल २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
676
सम्बन्धित

लोकप्रिय

लोकप्रिय