आज विश्व शिक्षक दिवस

झापा । आज ‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने मुल नारामा साथ विश्व शिक्षक दिवस मनाइँदैछ । हरेक अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।


सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
215
सम्बन्धित

लोकप्रिय

लोकप्रिय