झापा मिडिया कप फुटबलको उपाधि पत्रकार मञ्च दमकलाई

बुद्धशान्ति। बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाको आयोजनामा भएको बुद्धशान्ति वडा नं १ झापा मिडिया कप फुटबल प्रतियोगिता–२०८१ को उपाधि पत्रकार मञ्च दमकले जितेको छ ।


भद्रपुर प्रेस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै पत्रकार मञ्च दमकले उपाधि जितेको हो । उपाधि हात पारेसँगै उसले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको भद्रपुरको टोलीले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यसअघि भएको सेमिफाइनलमा खेलमा अर्जुनधारा प्रेस क्लबलाई सडन डेथमा पराजित गर्दै पत्रकार मञ्च दमक फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, खेलकुद पत्रकार मञ्च झापा शाखालाई ३–२ गोलको अन्तरमा पराजित गर्दै भद्रपुर प्रेस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिप्पर, म्यान अफ दि म्याचलाई स्थानीय स्तरमा उत्पादन गरिएका मुढा, रोङ गाउँपालिकाले उत्पादन गरेको अर्गानिक चिया, गुन्द्रुक प्रदान गरिएको थियो ।

बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नं -१ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा फाइनल खेल सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, सह(सचिव अर्जुन राजवंशी, त्रिभुुवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग पवन तिम्सिना, वडा नं-१ का वडा सदस्य लक्ष्मी प्रसाद कंडेल, बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार उमाकान्त खनाल, गंगाराम गड्तौला, भुवन तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

उनीहरुले बिजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिएभने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । खेल बुद्धशान्ति -१ को खेल मैदानमा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न वडा नं -१ मुख्य प्रायोजन गरेको थियो भने नेपाल पत्रकार महासंघ झापा शाखाले समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
376
सम्बन्धित

लोकप्रिय

लोकप्रिय